को को र कस्ता कस्ता बन्न लागे मन्त्री ?
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भोलि पाँच जना मन्त्री थपिँदैछन् । मन्त्री नियुक्तिका लागि रामचन्द्र पौडेलसमक्ष पुगेका नाममध्ये केहीको विगत विवादास्पद रहेको शीतल निवास स्रोतको दावी छ ।
समता फाउण्डेसनको अध्यक्ष डा.मदन परियार दलित कोटाबाट मन्त्री बन्ने पक्का छ । परियारले भ्रष्टाचार गरेको भन्दै सर्वोच्चमा दायर मुद्दा खेपिरहेका छन् । उनीलगायत अन्य चार जनालाई भोलि नियुक्ति र शपथ गराउने कार्यक्रम छ ।
सम्भावित मन्त्रीहरुमा सर्वोच्चका पूर्व न्यायाधीश अनिल सिन्हा,टेलिभिजन पत्रकार जगदीश खरेल,महावीर पुन र स्वास्थ्य मन्त्रालयमा कार्यरत संगीता मिश्र छन् । स्रोतले सिन्हा कानुनमन्त्री,खरेल सञ्चार,पुन विज्ञान तथा प्रविधि,परियार कृषि र मिश्र स्वास्थ्य मन्त्रालयको जिम्मा पाउन लागेको बतायो ।
सप्तरीका परियार पहिलो संविधानसभापछि गठित राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगका संयोजक थिए । दलित अभियानमा खासै नजोडिए पनि एनजिओ सञ्चालन गर्दै आएका उनीमाथि लागेको भ्रष्टाचारको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।
टिप्पणीहरू