सङ्गितालाई जोगाउन बागी काँग्रेस खडा

सङ्गितालाई जोगाउन बागी काँग्रेस खडा

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट मन्त्री बन्नकै लागि राजीनामा दिएकी डा. संगीता मिश्रालाई पद तथा गोपनीयताको शपथ खुवाउने निर्णय गरेपछि काँग्रेसका बागी नेता डा.अमरेशकुमार सिंहले सो को प्रशंसा गरेका छन् । अमरेशले बिचौलिया समूहले उनीविरुद्ध अनर्गल प्रचार गरेको दाबी पनि गरेका छन् । 

प्रधानमन्त्री कार्कीले मिश्रासहित पाँच जनाको नाम नयाँ मन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष हिजो सिफारिस गर्नुभएको छ । मिश्राको शैक्षिक योग्यतालगायत विषयमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रश्न उठाएपछि सिंहले खुलेर उनको समर्थन गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै अमरेशले मिश्र एक कुशल नेतृत्वकर्ता भएको उल्लेख गरेका छन् । उनका अनुसार स्वास्थ्य सेवा विभाागमा वर्षौैंदेखि रजगज चलाएका केही थान बिचौलियाहरुले निराधार आरोप लगाएका हुन् । मिश्राको नियुक्तिबाट नेपाली काँग्रेसका नेताहरुसमेत आफ्ना विगतका कुकृत्य उजागर हुने डरले अत्तालिएको उनको दावी छ ।

फेसबुकमा लेखिएकोे छ, ‘बिभागमा बर्षौँदेखि खरिद प्रक्रियामा आफ्नो रजगज चलाउने बिचौलियाहरुको निदहराम गरेबापत नै संगीता मिश्रलाई सचिव बन्नबाट रोकेको थियो ।आज फेरि तिनै सल्बलाएका छ्न्न र डाक्टर संगीतालाई बदनाम गर्न तथाकथित आरोपहरु लगाएका छ्न् । डा.संगीता एक कुशल नेतृत्वकर्ता हुन् । उनी भ्रष्ट भएको भए पहिले नै सचिव बन्न सक्थिन्न । उनको नियुक्तिबाट कांग्रेसका केही नेताहरू पनि आफ्नो कुकृती उजागर हुने डरले अत्तालिएका छ्न् ।’

टिप्पणीहरू