सङ्गिता रिङ आउट, शीतल निवासको कार्यक्रम धकेलियो
नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम एक घण्टाका लागि पर सारिएको छ । दिउँसो २ बजे हुने भनिएको कार्यक्रम अब एक घण्टापछि ३ बजे हुनेछ ।
राष्ट्रपति कार्यालयका अनुसार आज महावीर पुन,जगदीश खरेल,मदन परियार, अनिलकुमार सिन्हाले पद तथा गोपनीयताको शपथ लिनेछन् । यसअघि पाँच जना नयाँ मन्त्रीको शपथ हुने बताइएको थियो ।
मन्त्रीमा प्रस्तावित स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगिता मिश्रले हिजो राजीनामा दिएपछि आज उनीविरुद्ध अख्तियार र सर्वोच्चमा विचाराधीन मुद्दाको विषय सार्वजनिक भएसङ्गै नयाँ मन्त्रीको सूचीबाट नाम हटेको छ।
टिप्पणीहरू