शीतल निवासबाट निस्केका मन्त्रीहरु सिंहदरबारमा

शीतल निवासबाट निस्केका मन्त्रीहरु सिंहदरबारमा

नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहणपछि आफ्नो पदको जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा हिजो नियुक्त भएका मन्त्रीहरु अनिल कुमार सिन्हा, मदन परियार, महावीर पुन र जगदिश खरेललाई राष्ट्रपति रामचन्द्र पौडेलले आज अपरान्ह सपथ गराउनुभएको थियो ।

मन्त्री सिन्हालाई कानुन न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण गरी तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ । परियारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पाउँदा पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्दैछन् । त्यस्तै खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी गृहमन्त्री अर्याललाई दिइएको थियो । अर्थमन्त्री रामेश्वर खनाललाई भने संघीय मामिला तथा प्रशासन मन्त्रालयको जिम्मेवारी थपिएको छ ।

अन्य मन्त्री सिंहदरबार पुगे भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पुन केशरमहलस्थित मन्त्रालय गएका थिए ।

टिप्पणीहरू