कारागारबाट भागेका पूर्वएमाले नेता फेसबुकमा मस्त

कारागारबाट भागेका पूर्वएमाले नेता फेसबुकमा मस्त

भदौ २३ र २४ गते भएको जेनजी विध्वंशमा झण्डै १४ हजार कैदीबन्दी कारागारबाट भागेका छन् । केन्द्रीय कारागार जगन्नाथ देवलबाट करिब ३३ सय कैदीबन्दी फरार भएमध्ये बलात्कार मुद्दाअन्तर्गत जेल चलान परेका एक जना एमाले पूर्वनेता पनि रहेको पाइएको छ । उनी हुन्–तत्कालीन काठमाडौं जिल्ला सदस्य पूर्णमान उर्फ पिएम लामा । 

शंखरापुर नगरपालिका–१ बस्ने उनी चापाकोट माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष थिए । सोही विद्यालयकी एक छात्राले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन् । प्रहरी वृत्त,बौद्धमा छात्राले उजुरी दिएपछि विद्यालयले उनलाई अनुशासनको कारबाहीबापत अध्यक्ष पदबाट हटाएको थियो । 

तीनवटी श्रीमतीका श्रीमान् उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश रेशराज शर्माको इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

यता, एमालेको काठमाडौं जिल्ला कार्यालयले उनले ‘असामाजिक क्रियाकलाप’ गरेको भन्दै पार्टी सदस्यता निलम्बन गर्यो । तीनवटी श्रीमतीका श्रीमान् उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश रेशराज शर्माको इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । जेनजी ध्वंशको मौका छोपेर जेलबाट भागेका उनी सामाजिक सञ्जालमा सक्रिय छन् ।

पछिल्ला केही दिनमै उनले दर्जनौं स्ट्याट्स लेखेका छन् । घर बसेर उनले एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतको समर्थनमा पोष्ट गरिरहेका हुन्छन् । प्रहरी हिरासतको २३ र केन्द्रीय कारागारको २५४ दिनपछि सामाजिक सञ्जालमा लेख्ने अवसर पाएकोमा खुशी भएको उनको भनाइ छ । ज्यानको असुरक्षा भएपछि आफू पनि अरु कैदीबन्दीसँगै बाहिर निस्किएको प्रष्टीकरण दिएका छन् । 

त्यसैगरी, उनले आफू छिट्टै नै कारागार प्रशासनको सम्पर्कमा जाने बताएका थिए । तर,अहिलेसम्म पनि गएका छैनन् । उनले हिजो आफ्नो फेसबुकमा महेश बस्नेतको समर्थनमा स्ट्याट्स लेखेको देखिन्छ । लेख्छन्,‘हुती भा"को नेताचाँहि महेश बस्नेत मात्रै देखियो ।’ उनले बस्नेतलाई चाप्लुसी घसेर पुनः एमालेमै फर्किने बाटो बनाइरहेको स्रोत बताउँछ । 

स्रोत भन्छ,‘उनले पीडितलाई होस्टाइल बनाएर मुद्दा फिर्ता लिन दबाब दिइरहेका छन् । अदालतबाट क्लिन चिट पाएपछि राजनीतिमा फर्किने उनको दाउ हो । त्यसैले महेश बस्नेतलाई चिप्लो घस्दैछन् ।’

केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईँले उनी आए–नआएको जानकारी नभएको बताए । जनआस्थासँग भने,‘अहिले कारागारमा जम्माजम्मी १९ सय कैदीबन्दी छन् । नामको आधारमा आए–नआएको ठ्याक्कै थाहा हुँदैन ।’

टिप्पणीहरू