विदेश उड्न खोज्दै थिए प्रदिप अधिकारी
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी विदेश उड्ने तरखरमा रहेकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्रेको बुझिएको छ । आयोगबाट खटिएको टोलीको नेतृत्व गर्दै नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइन्छ ।
पोखरा,भैरहवामा निर्मित विमानस्थलमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले अनुसन्धान जारी राखेकै बखत उनी अर्कै काण्डमा तानिएका हुन् । भक्तपुरको नलिञ्चोकमा निर्मित हेलीपोर्टमा १३ करोड भ्रष्टाचार गरिएको आरोपमा भएको अनुसन्धानको प्रारम्भिक चरणमा उनको संलग्नता देखिएपछि थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको आयोग स्रोतले बतायो ।
हिजो मात्रै हामी नेपालका संयोजक तथा प्रधानमन्त्री कार्कीका अति निकट भनेर चिनिएका सुधन गुरुङलाई समेत अधिकारीले भेटेको स्रोतको दाबी छ । अख्तियारमा भइरहेको अनुसन्धान रोक्न र कुनै हालतमा पक्रनबाट रोक्न उनले अन्तिम समयमा गुरुङ च्यानललाई समेत प्रयोग गरेको उच्च स्रोतले बतायो ।
अधिकारीसँगै ११ औं तहका तत्कालीन महाप्रवन्धक मुरारी भण्डारीलाई पनि अख्तियार टोलीले नियन्त्रणमा लिएको छ । यसअघि हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारबारे अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठसँग बयान लिएको थियो ।
अख्तियारमा भइरहेको अनुसन्धानलाई रोक्न अधिकारीले यसअघिका अधिकांश सरकार,ठूला राजनीतिक दलका नेतालाई प्रभावमा पारेका थिए । जेन जी प्रदर्शन र विध्वंशपछि गठित सुशीला कार्की नेतृत्वको सरकारलाई दबाब दिन भूतपूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई राम्रैसँग प्रयोग गरे । श्रेष्ठसँग विशेष योजना बनाउँदै दुई जना गोप्य रुपमा हेलिकोप्टरमा लुक्ला पुगेर फर्किए पनि ।
हिजो मात्रै हामी नेपालका संयोजक तथा प्रधानमन्त्री कार्कीका अति निकट भनेर चिनिएका सुधन गुरुङलाई समेत अधिकारीले भेटेको स्रोतको दाबी छ । अख्तियारमा भइरहेको अनुसन्धान रोक्न र कुनै हालतमा पक्रनबाट रोक्न उनले अन्तिम समयमा गुरुङ च्यानललाई समेत प्रयोग गरेको उच्च स्रोतले बतायो ।
याे पनि....
टिप्पणीहरू