दलाई लामाको बधाई र मुस्ताङको युरेनियम
नेपालमा नयाँ सरकार गठनपछि प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै छिमेकी मुलुकका समकक्षीले बधाई दिने पुरानो प्रचलन यस पटक तोडिएको छ । निर्दलीय अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई भारत,बेलायत,अमेरिकासँगै भारतमा निर्वासित तिब्बती धार्मिक नेता दलाई लामा,उनका प्रधानमन्त्री,सभामुख र नेपाल प्रतिनिधिले समेत बधाई दिएका छन् ।
फ्रि टिबेट मुभमेन्ट,दलाई लामा,बारबरा फाउण्डेसनलगायत पश्चिममा शक्ति राष्ट्रको रोडम्याप र धापमा आह्वान गरिएको भनिएको युवा पुस्ताको ध्वंसात्मक आन्दोलनमा हात रहेका व्यक्ति,संस्था र समूहको पहिचान क्रमशः खुल्न थालेको छ । पहिले एक सदस्यीय,केही दिनपछि चार र हिजोदेखि आठ सदस्यीय मन्त्रिमण्डल बने पनि भदौ २३ र २४ का योजनाकारहरु को थिए भनेर खुल्न बाँकी नै छ ।
प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा नेपालका लागि चिनियाँ राजदूत छेन सोङको उपस्थिति थियो । त्यसको दुई दिनपछि बेइजिङस्थित विदेश मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा कार्कीलाई चीन सरकारले बधाई दिएको जानकारी गराए । राजदूत सोङले प्रधानमन्त्रीको पदबहालीपछि सिंहदरबार पुगेर उहाँलाई बधाई र आज बिहान अर्थमन्त्रीलाई भेटेर सहयोगको वचन दिए पनि चिनियाँ समकक्षी (प्रधानमन्त्री) लि छ्याङ्गले आजसम्म नेपालका अन्तरिम प्रधानमन्त्रीलाई औपचारिक बधाई दिइसकेको सुन्नमा आएको छैन । चिनियाँ राजदूतसँगको भेटमा प्रधानमन्त्रीले एक चीन नीतिको सन्दर्भ उठाए पनि पछिल्ला घटनाक्रमका कारण चीन ‘पर्ख र हेर’ को नीतिमा रहेको अनुमान लगाउन सकिन्छ ।
सिजाङसँग जोडिएको मुस्ताङमा तीन किलोमीटर चौडाई र २४ किलोमीटर लम्बाइको क्षेत्रफलभरि युरेनियम फेला परेको तथ्य केही वर्षअगाडि सार्वजनक भइसकेको छ । निकै महँगो उक्त प्राकृतिक स्रोत उत्खनन हुन बाँकी छ । दैलेखको पेट्रोलियम उत्खननमा छिमेकी चीनको सहभागिता रहेकै हो ।
यता,चीनको तिब्बत (सिजाङ) सँग सीमा जोडिएको मुस्ताङमा रहेको भनिएको युरेनियम खानीलाई विशेषगरी बिदेशीले महत्वका साथ हेरेको भन्दै पछिल्लो राजनीतिक परिवर्तनसँग जोडेर विश्लेषण गर्न थालिएको छ । चीनले विशेषगरी सिन्जियाङ,सिजाङ (तिब्बत) र ताइवान मामिलामा अन्य राष्ट्रले बोलेकोसमेत सुन्न चाहँदैन । आफ्नै अभिन्न अंग मानिने यी प्रदेश र भूमि अनि त्यहाँका जनताबारे अरुले गर्ने विश्लेषणबाट पनि चीन चिढिने गरेको देखिन्छ ।
संवेदनशील मानिएको सिजाङसँग जोडिएको मुस्ताङमा तीन किलोमीटर चौडाई र २४ किलोमीटर लम्बाइको क्षेत्रफलभरि युरेनियम फेला परेको तथ्य केही वर्षअगाडि सार्वजनक भइसकेको छ । निकै महँगो उक्त प्राकृतिक स्रोत उत्खनन हुन बाँकी छ । दैलेखको पेट्रोलियम उत्खननमा छिमेकी चीनको सहभागिता रहेकै हो ।
नेपाली उच्च सुरक्षा स्रोत भन्छ, ‘मुस्ताङमा युरेनियम पाइने सम्भावनाबारे पहिले सर्वेक्षण गरिएको थियो । दुई पटक विदेशी विज्ञसमेत रहेको टोलीले युरेनियमबारे अनुसन्धान गरेको पनि हो । हुन तः मुस्ताङमा युरेनियम छ भन्ने दुनियाँलाई थाहा भइसकेको छ ।’ उनका अनुसार काठमाडौंस्थित पश्विमा मुलुकका राजदूतदेखि कूटनीतिज्ञसम्मको घुमघामको पहिलो रोजाईस्थल मुस्ताङ बन्ने गरेको छ । यता राजधानी काठमाडौं उपत्यकाको वरिपरिका डाँडामा बनाइएका बौद्ध गुम्बाको स्वामित्वदेखि सञ्चालनबारे नेपाल सरकार बेखबर छ ।
यी गुम्बामा हुने कूटनीतिज्ञ र ‘पर्यटकहरु’ को आवतजावत,गुम्बाका हर्ताकर्ताको विदेश भ्रमणका नाममा हुने बिदेश यात्राले पनि शंका थपिदिएको छ । ती गुम्बा अधिकांश निर्वासित तिब्बती धार्मिक नेता दलाई लामा,अमेरिका, ताइवानका धनीहरुको सहयोगसँग जोडिएका खबर बेला बेला बाहिरिने गरेको छ । पछिल्लो सत्तापलटलाई पश्चिमाहरुको विशेष चहलपहल र मुस्ताङमा रहेको युरेनियम उत्खननमा उत्पन्न भूराजनीतिक चलखेलबाट पनि प्रेरित भनी विश्लेषण गर्नेहरु निस्किएका छन् ।
टिप्पणीहरू