बालेनको शिक्षामन्त्री बन्न अखिलबाट राजीनामा !
जेनजी आन्दोलनका क्रममा पार्टी छोड्नेहरू अन्य पार्टीभन्दा एमालेमा धेरै देखिए । अनेरास्ववियुको केन्द्रीय अध्यक्षदेखि विभिन्न कमिटीका सदस्यले एकल र सामूहिक राजीनामा दिँदा केहीले फिर्ताको घोषणा गरेका छन् ।
अखिल अध्यक्ष डा. सुजन कडरियाले फेसबुकमा लेखेका छन् ‘मेरो घर जल्ने र ज्यान जाने भएकोले आन्दोलनकारीकै दबाबमा राजीनामा दिएको हुँ, अहिले फिर्ता लिएको छु ।’ तर, भित्री कुरा अर्कै रहेछ । निकट श्रोतका अनुसार आन्दोलन चर्केर सत्ता ढलेपछि बालेन साह प्रम हुने चर्चा चल्यो । ‘बालेनको क्याबिनेटमा शिक्षामन्त्री बनाउँछु, तुरुन्तै राजीनामा गर’ भनेका रहेछन् । जो बालेनको सल्लाहकार टिममा इञ्जिनियर छन् ।
सुजनको नाममा श्यामसुन्दर निर्माण सेवा र सुशीलको नाममा पशुपति शिवाजी कन्स्ट्रक्सन छ । सिंहदरबारमा निर्माणाधीन संसद भवन इन्टेरियरको ठेक्का श्यामसुन्दर निर्माण कम्पनीलाई परेको छ र उसले अहिले काम गरिरहेको छ । परिवारको सबै आर्थिक पाटो माइलो भाइले हेर्ने हुँदा, घरमा सल्लाह गरेपछि उनले राजीनामा घोषणा गरेका हुन् । तर, न बालेन साह प्रम भए न त सुजनले क्याबिनेटमा जान पाए । उनलाई अखिल अध्यक्ष बनाउने माधव ढुंगेल, भानुभक्त ढकालको समेत चर्को आलोचना भएपछि उनीहरूले ‘भाइ साहै्र लाजमर्दो भयो, केही न केही बहाना बनाएर भए पनि राजीनामा फिर्ता गर भनेबमोजिम डा. सुजनले राजीनामा नदिएको भनेर सामाजिक सञ्जालमा लेख्दै अगष्ट ११ यताको सबै स्टाटस मेटेका छन् । (तर only me भन्ने सुविधासमेत फेसबुकले दिएको छ) ।
सुजनले हारेको भए रास्वपा
सुजनको चरित्र र आनीबानी राम्रोसँग थाहा पाएका अखिलका एक पूर्वनेताले एमाले महासचिव शंकर पोखरेल, अखिल पूर्वअध्यक्ष माधव ढुंगेल आदिलाई २४ औँ महाधिवेशनअघि पटक–पटक भनेका थिए, ‘सुजनले आन्दोलन थाम्न सक्दैनन् । यदि, महाधिवेशनमा हारे भने अखिल छोड्छन् र रास्वपातिर जान्छन् ।’ तर उनको कुरा कसैले सुनेनन् । सुजनलाई अध्यक्ष बनाउन रास्वपा नेता डा. तोसिमा कार्कीको टिमले अभियान नै चलाएको बताइन्छ ।
टिप्पणीहरू