विश्वविद्यालयको झाडी फाँडने मन्त्रीको निर्णय

विश्वविद्यालयको झाडी फाँडने मन्त्रीको निर्णय

नवनियुक्त शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरुलाई ढिलोमा तीन महिनाभित्र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएका छन् । 

मन्त्रालयमा आज भएको छलफलपछि शैक्षिक सुधारका लागि ३ बुँदे निर्देशन जारी गर्दै उनले समयमै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गर्ने स्पष्ट पारे ।

'केही विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन् । विद्यार्थीहरुको लागि त्यो अपूरणीय क्षति हो', निर्णयमा भनिएको छ, 'त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने ।'

त्यस्तै, नेपालभरका सामुदायिक विद्यालयको माध्यामिक तहमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप गर्न पनि निर्देशन दिइएको छ । विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले यस्तो निर्णय लिइएको मन्त्री पुनले जानकारी दिएका छन् । 

्र्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठूला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बँगैचासहित फुटपाथ निर्माण गर्ने अर्को निर्णय छ ।
 

टिप्पणीहरू