समाचार

गोकुल बाँस्कोटा १०८ मतले मात्रै पछाडि

काभ्रेपलाञ्चोकको निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार गोकुल बाँस्कोटा गठबन्धनका साझा तथा नेपाली काँग्रेसका उम्मेदवार शिव हुमागाईंभन्दा १०८ मतले मात्र पछि परेका छन् । ताजा मत परिणामअनुसार हुमागाईंले १२ हजार ५९३ मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमालेका गोकुल बाँस्कोटाले १२ हजार ४८५  मत पाएको बताइन्छ । त्यस्तै,घण्टी चिन्हले ४ हजार ६९६ मत प्राप्त गरेको छ ।

Page 980 of 1055