एकीकृत समाजवादीका वसन्त मानन्धरले राजधानीबाट मारे बाजी

एकीकृत समाजवादीका वसन्त मानन्धरले राजधानीबाट मारे बाजी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ (१) बाट नेकपा एकीकृत समाजवादीका वसन्त मानन्धर विजयी भएका छन् । उनी ५ हजार ८ सय ६६ मतसहित प्रदेश सभामा दोहोरिएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी एमालेका जीवन मानन्धर थिए । जीवनले ४ हजार ५५५ मत पाएका छन् । राप्रपाकी रोजिना गुरुङले ४ हजार २८० र लौरो चुनाव चिन्हले तीन हजार २६९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वसन्त यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित प्रदेश सभासद हुन् । उनी प्रदेश सरकारमा मन्त्री छन्  । उनकी पत्नी इन्दिरा पन्त एमालेबाट मेयर र साँसदको टिकटकी दावेदार थिइन् ।

टिप्पणीहरू