अर्को देशलाई खेलमा हराएर आफ्नो देशमा राष्ट्रिय बिदा

अर्को देशलाई खेलमा हराएर आफ्नो देशमा राष्ट्रिय बिदा

फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ गोलले पराजित गरेपछि राष्ट्रिय बिदा घोषणा गरिएको छ । त्यहाँका राजा सलमानले भोलि सरकारी र निजी कर्मचारीलाई बिदा दिने घोषणा गरेका छन् । 

भोलि त्यहाँका विद्यालयहरु पनि बन्द हुने जनाइएको छ । शाही अदालतका सल्लाहकार र साउदी अरेबियाको सामान्य मनोरन्जन प्राधिकरणका प्रमुख टर्की अल–शेखले शहरका मुख्य थिम पार्क र मनोरञ्जन केन्द्रहरूमा निःशुल्क प्रवेश दिइने घोषणा गरेका छन् ।

हिजो दोहामा भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ गोलले पराजित गरेको थियो ।

टिप्पणीहरू