माधव नेपाल साढे ४ हजार मतको अग्रतासहित विजयोन्मुख,किसान पनि लाइनमा

माधव नेपाल साढे ४ हजार मतको अग्रतासहित विजयोन्मुख,किसान पनि लाइनमा

रौतहटको निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार माधवकुमार नेपालले १८ हजार ५६३ मत प्राप्त गरेका छन् । 

पछिल्लो परिणामअनुसार उनका निकटतम प्रतिस्पर्धी गौरका निवर्तमान मेयर तथा एमाले उम्मेदवार अजय गुप्तालाई १४ हजार ६० मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा उम्मेदवार नेपालले अग्रता कायम राखेका छन् । एकीकृत समाजवादी किसान श्रेष्ठ बारा-४ बाट जित्ने क्रममा छन् भने सिरहामा सोही पार्टीका धर्मनाथ साहलाई धनाढ्य उपेन्द्र महतोका भाइ वीरेन्द्रले धक्का दिएका छन् ।

टिप्पणीहरू