विनोद चौधरी ५ सय मतले पछाडि

विनोद चौधरी ५ सय मतले पछाडि

नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीसँग पाँच सय मतले पुनः पछि परेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार उक्त पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याएका छन् । चौधरी ६ हजार ८ सय ९० मतसहित सेनलाई पछ्याइरहेका छन् । 

सोही क्षेत्रबाट यसअघि निर्वाचित हृदयेश त्रिपाठी भने तेस्रो नम्बरमा छन् । जनता प्रगतिशील पार्टी, नेपालको अध्यक्षसमेत रहेका उनी नेकपा एमालेको समर्थनमा उम्मेदवार भएका हुन् । उनले ५ हजार ५ सय ८९ मत पाएका छन् ।

टिप्पणीहरू