माओवादीको आधारभूमिमा बागी उम्मेदवार विजयी

माओवादीको आधारभूमिमा बागी उम्मेदवार विजयी

रुकुम पूर्वको प्रदेश सभा क्षेत्र ‘क’ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर विजयी भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर ओलीलाई ५३३ मतले पराजित गरेका हुन् । 

बिजुलीको बल्ब चुनाव चिन्ह लिएका मगरले नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यलाई पराजित गरेका हुन् । सुरुल नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्य थिए ।

स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई पार्टीले कारबाही गरेको छ । स्वतन्त्र उम्मेदवारले ४ हजार ४६५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी ओलीले ३ हजार ९३२ मत प्राप्त ल्याएका छन् ।

टिप्पणीहरू