एमालेका ३ बागीको अग्रता उस्तै

एमालेका ३ बागीको अग्रता उस्तै

नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका तीन जना बागी उम्मेदवारले अग्रता कायम गरेका छन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा उनीहरूले लगातार अग्रता लिइरहेका छन् । 

नेकपा एमालेबाट टिकट नपाएपछि सर्लाही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका मानबहादुर खड्काले आफ्नो अग्रतालाई कायम राखेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका का उम्मेदवार रामप्रकाश चौधरीले खड्कालाई पछ्याइरहेका छन् । सो क्षेत्रमा एमालेसँग गठबन्धन गरेको जनता समाजवादी पार्टीका प्रमोद साह तेस्रो स्थानमा छन् । 

महोत्तरी ३ एमालेका बागी राम आधार कापरले पनि अग्रता लिइरहेका छन् । एमालेको समर्थन रहेका लोसपाका महन्थ ठाकुरलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार कापरले अग्रता कायम गरेका हुन् । उक्त क्षेत्रमा जसपाका हरिनारायण यादव तेस्रो स्थानमा छन् । 

मोरङ क्षेत्र नम्बर ५ मा समेत एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका योगेन्द्र मण्डलले मतान्तर बढाएका छन् । मण्डलले लगातार अग्रता कायम राखेको बताइन्छ । उनलाई नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल केवटले पछ्याइरहेका छन् । तेस्रोमा जसपाका राजकुमार यादव देखिन्छन् । त्यहाँ पनि एमालेले जसपालाई सघाउने घोषणा गरेको थियो ।

टिप्पणीहरू