मतगणनास्थलमा अकस्मात पुगेर नयाँ माननीय तोसिमाको निर्देशन

मतगणनास्थलमा अकस्मात पुगेर नयाँ माननीय तोसिमाको निर्देशन

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट घण्टी चिन्ह लिएर उठेकी डा. तोसिमा कार्कीले जावलाखेलस्थित मतगणनास्थलको आकस्मिक निरीक्षण गरेकी छन् । उनले साँझ पौने ७ बजेको समयमा मुख्य निर्वाचन अधिकृतको रोहबरमा मतगणनास्थल र मतपेटिका राखिएको स्थानको निरीक्षण गरेकी हुन् ।

आफ्ना समर्थक तथा कार्यकर्ताले समयमै मतपरिणामबारे जानकारी नपाएको गुनासो आएको भन्दै कार्की मुख्य निर्वाचन अधिकृतसँग भेट्न पुगेकी थिइन् । उनले मुख्य निर्वाचन अधिकृतसँग मतगणनामा ढिलासुस्ती नगर्न,थप गणनास्थलको व्यवस्था गर्न,डिजिटल डिस्प्लेको व्यवस्था गर्न माग गरेकी छन् ।

मतगणनास्थलमा गरिएको माइकिङको आवाज सानो भएकाले माइक वा माइकको स्थान परिवर्तन गर्न पनि उनले अधिकृतलाई सुझाव दिएको बताइन्छ । आफ्ना कुरा राखेपछि साढे ७ बजेतिर उनी मतगणनास्थलबाट बाहिरिएकी थिइन् ।

टिप्पणीहरू