ताप्लेजुङ्गमा योगेशभन्दा माओवादी ६३३ मतले अगाडि

ताप्लेजुङ्गमा योगेशभन्दा माओवादी ६३३ मतले अगाडि

ताप्लेजुङमा भएको मतगणनाको पछिल्लो परिणाममा एमालेका योगेश भट्टराई पछाडि परेका छन् । माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीले अग्रता लिएका छन् । 

पछिल्लो मतपरिणाम अनुसार भट्टराईलाई २१ सय ९६ मत प्राप्त भएको छ । माओवादीका खेलप्रसादले २८ सय २९ मत ल्याएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार जसपाका चन्द्र मादेनले ११९ र राप्रपाले ३२ मत प्राप्त गरेका छन् ।

टिप्पणीहरू