भारतीय पूर्व राजदूतलाई विनोद चौधरीको होटलमा बास

भारतीय पूर्व राजदूतलाई विनोद चौधरीको होटलमा बास

नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुद हिजो दिउँसो काठमाडौं आएका छन् । उनी श्रीमतीसहित निर्वाचनको मतपरिणाम आइरहेको समयमा नेपाल आएका हुन् । 

हिजो दिउँसो साढे ४ बजे त्रिभुवन विमानस्थलमा ओर्लेका सुद सोझै ललितपुर गएका थिए । उनी झम्सिखेलस्थित होटल भिभान्तामा बसेका छन् । 

उक्त होटल नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट काँग्रेस उम्मेदवार रहेका विनोद चौधरीको हो ।

टिप्पणीहरू