वडाध्यक्षभन्दा साँसदको मत कम

वडाध्यक्षभन्दा साँसदको मत कम

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट घण्टी चिन्ह लिएका गणेश पराजुली विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उनले ८ हजार ७४३ मत पाएका छन् । 

निकटतम प्रतिस्पर्धी एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय र माओवादी केन्द्रकी मानुषी भट्टराईले ६ हजार ६३ मत पाएकी छन् । 

त्यस्तै राप्रपाले २८ सय ६३ र लौरो चुनाव चिन्हले १५ सय १० मत प्राप्त गरेको निर्वाचन अधिकतको कार्यालयले जनाएको छ । 

यसअघिका सांसद रामवीर मानन्धरले स्वतन्त्र उठेर १२ सय १५ र पहिलेका सांसद तथा मन्त्री राजेन्द्र श्रेष्ठले २४ सय ६१ मत पाएको देखिन्छ । बिजयीले पाएको मत भनेको वडाध्यक्षको भन्दा कम हो ।


टिप्पणीहरू