चुनाव हार्ने नेतालाई ढुंगा बोक्न निम्तो

चुनाव हार्ने नेतालाई ढुंगा बोक्न निम्तो

आमनिर्वाचनमा पराजित राजनीतिक दलका नेताहरुलाई पीडा भुलाउन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ उपाय जुराएका छन् । "पीडा भुलाउन रक्सी खाएर पल्टिने होइन",उनले भनेका छन् ।

निर्वाचनमा तुलनात्मक रुपमा युवा पुस्ता र नयाँ अनुहार विजयी भएकाले पराजित ती नेतालाई उनले धरानमा सम्मानका साथ ढुंगा बोक्न आमन्त्रण गरेका छन् । ढुंगा बोकेपछि ठूलो पेट घट्ने र मानिस स्वस्थ हुने उनको दावी छ ।

सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब हार्नेहरुले पीडा भुलाउन रक्सी खाएर पल्टिनुभन्दा धरानमा सम्मानका साथ ढुंगा बोक्न आउनुहोला । ठूलो पेट घटेर मान्छे नि स्वस्थ हुन्छन् ।’

टिप्पणीहरू