डोटीमा प्रेमबहादुर आलेको अग्रता झन् फराकिलो

डोटीमा प्रेमबहादुर आलेको अग्रता झन् फराकिलो

डोटीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आले मगरको अग्रता कायम छ । प्राप्त पछिल्लो मत परिणामअनुसार आलेले एमालेका उम्मेदवारलाई फराकिलो अन्तरमा पछाडि पारेका छन् । 

हालसम्म १५ हजार १५८ मतगणना हुँदा उनले ८ हजार ३०२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका गौरी वलीले ४ हजार ९९८ मत प्राप्त गरेको बताइएको छ ।

आले र वलीबीच ३ हजार ३०४ को फराकिलो मतान्तर देखिएको छ ।
 

टिप्पणीहरू