रोल्पाबाट प्रदेश सभामा माओवादी उम्मेदवार विजयी

रोल्पाबाट प्रदेश सभामा माओवादी उम्मेदवार विजयी

रोल्पाको एउटा प्रदेश सभामा नेकपा माओवादी विजयी भएको छ । रोल्पाको निर्वाचन क्षेत्र नम्बर १ (१) मा माओवादी नेता जोखबहादुर महरा १९ हजार ४२५ मतका साथ विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीको ५ हजार ४ सय ५ मत आएको छ । बुढाथोकीलाई १४ हजार २० मतले पछि पार्दै महरा विजयी भएका हुन् । 

यस्तै राप्रपाका पदमबहादुर थापाले २ हजार ६० र राप्रपा नेपालका गन्जबहादुर शाहीले ६१२ प्राप्त गरेका छन् । त्यहाँ २९ हजार ८८७ मत खसेको थियो । महरा विजयी भएको औपचारिक घोषणा हुन बाँकी छ ।

टिप्पणीहरू