रुपन्देहीमा विष्णु पौडेलको अग्रता कायमै

रुपन्देहीमा विष्णु पौडेलको अग्रता कायमै

रुपन्देही,निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाको सुरुवातदेखि नै अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई एमालेका विष्णु पौडेलले पछि पारेका छन् । १५ हजार ६२४ मत गणना हुँदा एमालेका पौडेलले ५ हजार ३११ मत ल्याएका छन् ।

घण्टी चिन्ह लिएका पौडेलले ५ हजार १३६ मत पाएका छन् । सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा तीन हजार ९६० मत पाएर तेस्रो स्थानमा छन् ।

एक लाख २६ हजार ८०७ मतदाता रहेको सो क्षेत्रमा ८० हजार मत खसेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले यसअघि सोही क्षेत्रबाट लगातार तीनवटा निर्वाचन जितेका हुन् ।

टिप्पणीहरू