समाचार

बाग्मती आयोगद्वारा कर्मचारीको दरखास्त आह्वान

बागमती प्रदेश सरकारले ठूलो संख्यामा कर्मचारी भर्ति गर्न लागेको छ । आज सूचना प्रकाशित गर्दै प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।  सूचनामा निजामती तथा स्वास्थ्य सेवाका नवौं, आठौं र सातौं तहका पदमा दुई सय २५ जना कर्मचारी चाहिएको उल्लेख छ । आयोगले प्राविधिक तथा अप्राविधिकतर्फ खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको जनाएको छ ।  योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरिएको छ । …

Page 215 of 1032