शिक्षकद्वारा छात्रालाई होटलमा करणी, हेडसरसमेत पक्राउ

शिक्षकद्वारा छात्रालाई होटलमा करणी, हेडसरसमेत पक्राउ

छात्रामाथि करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोकमा दुई जना शिक्षक पक्राउ परेका छन् । पाँचखाल जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।

पाँचखाल नगरपालिका ६ स्थित जोरपाटी माविको कक्षा ९ मा पढ्ने छात्रामाथि करणी भएको हो । शिक्षक मच्छेनारायण श्रेष्ठले गत कात्तिक ११ गते होटलमा पुर्याएर गरेको करणीको घटना बाहिरिएको हो । 

घटनामा प्रधानाध्यापक गणेशमान गुरुङसमेत संलग्न भएको पाइएपछि दुबैलाई पक्रेर प्रहरीले अनुसन्धान थालेको छ । प्रधानाध्यापकले घटना लुकाउन भूमिका खेलेको देखिन आएको हो ।
 

टिप्पणीहरू