बाग्मती आयोगद्वारा कर्मचारीको दरखास्त आह्वान

बाग्मती आयोगद्वारा कर्मचारीको दरखास्त आह्वान

बागमती प्रदेश सरकारले ठूलो संख्यामा कर्मचारी भर्ति गर्न लागेको छ । आज सूचना प्रकाशित गर्दै प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो । 

सूचनामा निजामती तथा स्वास्थ्य सेवाका नवौं, आठौं र सातौं तहका पदमा दुई सय २५ जना कर्मचारी चाहिएको उल्लेख छ । आयोगले प्राविधिक तथा अप्राविधिकतर्फ खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको जनाएको छ । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरिएको छ । दरखास्त दिने मिति तथा परीक्षा मितिलगायतको विस्तृत सूचना आयोगको वेभसाइटमा प्रकाशन गरिने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू