पुसको जाडोमा पौडी खेल्न गएका बालक बिते

पुसको जाडोमा पौडी खेल्न गएका बालक बिते

चितवनमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । कालिका नगरपालिका–११ बस्ने १२ वर्षीय विकास चेपाङको निधन भएको बताइएको छ ।

आज बिहान रत्ननगर नगरपालिका–९ ढिकुवास्थित खगेडी खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । हाल घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू