होल्डिङ सेन्टरमा बसेका गैर नेपालीलाई हटाईंदै

होल्डिङ सेन्टरमा बसेका गैर नेपालीलाई हटाईंदै

पशु क्वारेन्टाईन कार्यालय बाँकेको स्वामित्वमा रहेको होल्डिङ सेन्टरमा अनाधिकृत रुपमा बसिरहेका गैर नेपाली नागरिकहरुलाई हटाइने भएको छ । 
 
जिल्ला प्रशासन कार्यालय बाँकेले ७ दिनभित्र भवन खाली गर्न अल्मिेटम दिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १५ पिप्रहवामा रहेको एक तले भवनमा अवैध रुपमा लामो समयदेखि गैर नेपाली परिवार बस्दै आएका छन् ।

यसअघि २०७८ फागुन २६ गते बाँके प्रशासनमा अनधिकृत तवरले सरकारी भवनमा गैरनेपाली बसेको लिखित गुनासो दर्ता भएपनि हालसम्म सुनुवाई भएको थिएन । विविध कारणले कार्यान्वयन प्रक्रियाले गति नलिएको गुनासोलाई सम्बोधन गर्ने क्रममा अब काम अघि बढाइएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भने, ‘सरकारी स्वामित्वको भवन वर्षौंदेखि अनाधिकृत तवरले कब्जा गरिरहेका गैरनेपाली नागरिक परिवारलाई उक्त भवन खाली गरि दिन ७ दिनको सूचना जारी गरिएको छ, राम्रो कामको निम्ति प्रशासनलाई सबैको साथ, सहयोग र समर्थनको खाँचो छ ।’

टिप्पणीहरू