आफ्नै चाउचाउ खान नसकेर पानी पिउँदै चौधरीका तीन छोरा

आफ्नै चाउचाउ खान नसकेर पानी पिउँदै चौधरीका तीन छोरा
सुन्नुहोस्

अमेरिकी खर्बपति बिल गेट्स र मेलिण्डाको पैसामा नेपाली बिध्यार्थीलाई कमसल चाउचाउ खुवाउने धन्दा चलाएका बिनोद चौधरीको वाइवाइ चाउचाउ गुणस्तरहीन रहेको पुष्टि भएसँगै उनको सिजी ग्रुप फेरि विवादमा मुछिएको छ । काँग्रेस सांसदसमेत रहेका विवादास्पद व्यापारी चौधरी अध्यक्ष रहेको उक्त कम्पनीको चाउचाउमा मानव स्वास्थ्यलाई प्रतिकूल असर पुर्याउने अखाद्य सामग्रीको मिसावट रहेको पुष्टि भैसकेको छ । 

चौधरीले जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै यतिबेला सामाजिक सञ्जालमा उक्त घटनालाई लिएर अनेक टिकाटिप्पणी हुन थालेका छन् ।

पछिल्लो समय वाइवाइ चाउचाउको प्रयोगले जनस्वास्थ्यमा अस्वाभाविक असर गरेको गुनासो बढेपछि वैशाख २ गते काठमाडौँ महानगरपालिकाले वडा नम्बर ६ सरस्वतीनगरस्थित एक किराना पसलबाट जफत गरेको चाउचाउ गुणस्तर परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । 

जसअनुसार चाउचाउमा प्रयोग गरिएको एसिड भ्यालु अफ एक्स्ट्रयाक्टेड फ्याट एनएमटी अत्यधिक पाइएको छ । १ एमजी हुनुपर्ने एसिड भ्यालु चौधरीको चाउचाउमा १३.९३४ एमजी भेटिएको छ । योसँगै काठमाडौ महानगरले हिजो चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । ब्याच नम्बर ६० जिएमआरएस २० एआर वाइएल २३ सिएचआइ २०८० को सबै चाउचाउ बजारबाट फिर्ता गर्नसमेत निर्देशन दिइसकिएको छ ।

‘जनताको स्वास्थ्यमाथि यति घात किन ? पाप लाग्छ है पाप !’

यता,चौधरी ग्रुपलाई महानगरले जरिवाना तिराउने निर्णय गरेपछि व्यापारी विनोदलाई गाली गर्नेहरुको संख्या सामाजिक सञ्जालमा धेरै देखिएको छ । स्वास्थ्यमा हानी गर्ने चाउचाउ मात्र नभएर यस कम्पनीका अरु उत्पादन पनि बन्द गर्न प्रेमसिंह बागको सुझाव छ । उनले लेखेका छन्, ‘चाउचाउ र कम्पनी बन्द गरेको राम्रो चौधरी सर !’ 

उदय घिमिरेले चौधरीको आधिकारिक अकाउन्टलाई ट्याग गर्दै भनेका छन्, ‘जनताको स्वास्थ्यमाथि यति घात किन ? पाप लाग्छ है पाप !’ भीम चौधरीले उत्पादक कम्पनी बन्द गरेर सञ्चालकलाई जेल हाल्नुपर्ने बताएका छन् । उनी भन्छन्, ‘यो चाउचाउको कम्पनी शिल गरिनुपर्छ र सञ्चालकलाई जेल हाल्नुपर्छ । अब फेरि बालेनको राजीनामा माग्छ होला काँङ्ग्रेसले । आखिर सांसद परे मालिक विनोद चौधरी !’

विजय महर्जनले भने केही फरक विचार व्यक्त गरेका छन् । दुई खर्बको मालिकलाई दुई लाख मात्र जरिवाना तिराउनु लज्जास्पद भएको उनको बुझाइ छ ।  ‘खर्बपतिलाई मात्र दुई लाख जरिवाना ! त्यही माथि यति संवेदनशील अपराध गर्नेलाई !’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

मौसमी पौडेलले पनि उस्तै विचार व्यक्त गरेकी छन्, ‘गुणस्तरहिन खाद्यान्न उत्पादन गरेर,बेचेर जनताको स्वास्थ्यमाथि गरेको खेलवाडको जरिवाना दुई लाख, कठै हामी जनता !’ 

डा. मनिष सापकोटाले चौधरी ग्रुपले किरा र कुकुरलाई खुवाउने चाउचाउ जनतालाई खुवाइरहेको दाबी गरेका छन् । ‘यो चाउचाउमा एसिड धेरै छ भन्ने मलाई पहिल्यै थाहा थियो, तर हाम्रो कुरा कसले सुन्छ ?’, उनी सोध्छन्, ‘कुकुर र किराले खाने चाउचाउ हाम्रो बालबच्चाले मीठो मानेर खाइरहेका छन् । यसको जिम्मेवारी कसले लिने ?’ 

विश्वास शर्माले भने रोचक प्रंसग जोडेका छन् । चौधरी ग्रुपले चाउचाउको गुणस्तर गतिलो छैन भन्ने थाहा हुँदाहुँदै पनि सर्वसाधारणको स्वास्थ्यसँग खेलबाड गरिररहेको उनको तर्क छ । भन्छन्, ’कान्तिपुर टिभीको इट्स माइ शो कार्यक्रममा यो वाइवाइ चाउचाउ स्वयम् निर्वाण र वरूणले एक चिम्टी पनि खान नसकेको प्रत्यक्ष उदाहरण छ । आफूचाहिँ  नखाने, अरुलाई खुवाउने ? यसैबाट थाहा हुन्छ, यो कम्पनीको ठगी धन्दा ।’ 

स्मरण रहोस्, पाँच वर्षअघि कान्तिपुर टिभीको उक्त कार्यक्रममा विनोदका छोराहरु बरुण,निर्वाण र राहुल अतिथि थिए । प्रस्तोता सुरजसिंह ठकुरीले रमाइलोका लागि भन्दै एक–एक वटा वाइवाइ चाउचाउ खानुपर्ने ‘खेल’ खेलाउँदा विनोदका छोराहरुले आफ्नै कम्पनीको उत्पादन वाइवाइ खान हिचकिचाएकोमा तत्काल ठकुरीले सोधेका थिए, ‘तपाईंहरुले नै चाउचाउ खानुहुन्न भने अरुले कसरी खान्छन् ?’

त्यसपछि बाध्य भएका विनोदका तीनभाइ छोराले चाउचाउको प्याकेट खोलेर अलिकति चाखेको जस्तो गरेपछि बाँकी टेबलमा छोडिदिएका थिए ।

You Cannot Be ‘Trigger-Happy’ in Alleging Conspiracy Against PM, Delhi HC Tells Dehadrai
 Manipur: IED Blast on NH 2 Damages Vital Bridge, Trucks Carrying Essential Items to Imphal Stranded
 MGNREGS Remains Underfunded Despite High Demand
 EOW Gives Clean Chit to Ajit Pawar, His Wife in Maharashtra State Cooperative Bank Scam
 2G Spectrum: Modi Govt Moves to Change 2012 Verdict It Had Used to Amplify Its Anti-Graft Drive
 How Global Media Covered Narendra Modi’s Hate Speech in Rajasthan
 RBI Bars Kotak Mahindra Bank From Onboarding New Customers

‘Blot on Free Press’: Press Club Raises Concerns Over Australian Journalist’s Departure From India
 As 'Voter Turnout Exceeds 100%', Calls for Fresh Polling Surface in Tripura West Lok Sabha Seat
 Don’t Blame Dubai’s Freak Rain on Cloud Seeding – The Storm Was Far Too Big to Be Human-Made
We need your support.Know MoreAll'Wai-Wai' Group Wants Junk Food in Name of Nutrition, Gates Foundation Says NoSumit Acharya

Nov 05, 2019  The Chaudhary Group makes Wai-Wai noodles and says a fortified version of its product will be supplied to the Baliyo Nepal nutrition initiative that the Bill and Melinda Gates Foundation is paying for.

In August 2019, The Kathmandu Post quoted Nirvana Chaudhary, managing director of the Chaudhary Group – makers of Wai-Wai noodles and one Nepal’s largest conglomerates – saying that his company “has teamed up with the Bill and Melinda Gates Foundation for a project called Baliyo Nepal.”

Though the Chaudhary Group has built its fortune on what most nutritionists regard as  junk food, the Baliyo Nepal project would “fight against malnutrition and all associated health problems” by the fortification of popular food products. “The idea is that rather than giving them supplements, why not make the existing products that they’re consuming rise to that level,” Chaudhary said.

“The project will be formally announced in September, and launched in an undisclosed province, with fortified CG food products, and would be rolled out countrywide next year,” Kathmandu Post reported. “We will definitely start with noodles, and then move to juice in the later stages,” Nirvana Chaudhary was quoted as saying.

Since the Chaudhary Group has no noodle products other than various brands of Wai Wai instant noodles, it almost seemed as if the Baliyo Nepal project was created for the fortification of junk food by Nepal’s largest junk food producer.

While it is absurd to fortify junk food in the name of better nutrition, the Gates-Chaudhary partnership is problematic even beyond the perspective of health.

The Gates Foundation’s website shows funds to “launch, develop and scale Baliyo Nepal” were granted to the Chaudhary Foundation in October 2018. However, Nirvana Chaudhary’s assertions suggest that the Gates’ money granted to the Chaudhary Foundation – certainly a portion of it, at any rate, if not the entire sum – would actually end up in the hands of the Chaudhary Group itself for the ‘fortified’ noodles it would provide.

टिप्पणीहरू