फुटेको जसपालाई निर्वाचन आयोगको मान्यता

फुटेको जसपालाई निर्वाचन आयोगको मान्यता
सुन्नुहोस्

 जनता समाजवादी पार्टी (जसपा), नेपालबाट विभाजित भएर बनेको 'जनता समाजवादी पार्टी'ले मायता पाएको छ । हिजो विभाजन भएको उक्त पार्टी आज निर्वाचन आयोगमा दर्ता भएको हो । 

जसपाका बरिष्ठ नेता अशोक राईले प्रतिनिधिसभाका ७ सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरसहित हिजो आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उक्त निवेदनउपर आयोगले जाँचबुझपश्चात दल दर्ता गरि अभिलेखीकरण गर्ने निर्णय गरेको छ । 

आयोगले राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीका आधारमा प्रस्तावित 'जनता समाजवादी पार्टी' नामक दल दर्ता गरी अभिलेखीकरण गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए । आयोगले दल दर्ता गर्दा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ को व्यवस्थालाई समातेको हो । 

उपेन्द्र यादव नेतृत्वको दल विभाजन भई बनेको 'जनता समाजवादी पार्टी'को संक्षिप्त रुप 'जनता समाजवादी' हुनेछ । यससम्बन्धि सम्पूर्ण जानकारीसहित दल दर्ता प्रमाणपत्र नवगठित उक्त पार्टीलाई लेखी पठाउने आयोगको निर्णय छ ।

टिप्पणीहरू