थाइ एयरवेजले गर्यो वायुसेवा निगमसँग ग्राउण्ड ह्याडलिङ्ग सम्झौता

थाइ एयरवेजले गर्यो वायुसेवा निगमसँग ग्राउण्ड ह्याडलिङ्ग सम्झौता
सुन्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि आफ्ना उडानको सेल्फ ह्याण्डलिङ्ग गर्दै आएको थाइ एयरवेजले नेपाल वायुसेवा निगमसँग ग्राउण्ड ह्याण्डलिङ्ग सेवा लिन थालेको छ । निगम र थाई एयरवेजबीच ग्राउण्ड ह्याण्डलिङ्ग सेवासम्बन्धी सम्झौता भएको जनाइएको छ ।

ग्राउण्ड ह्याण्डलिङ्ग सेवालाई थप व्यवस्थित बनाउन एयरवेजले ग्राउण्ड ह्याण्डलिङ्गसँग सम्बन्धित ८० थान सामग्री समेत निगमलाई प्रदान गरेको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए । ती सामान निगमको स्वामित्वमा रहने गरी कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाई एयरवेजका वेष्टर्न एण्ड मिडिल इष्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

निगमले गर्ने ग्राउण्ड ह्याण्डलिङ्ग सेवा आइएटिए सेल्फी अडिट फर ग्राउण्ड अपरेशनल (आइएसएजीओ) प्रमाणित भएको समेत निगमले आज प्रकाशित प्रेस विज्ञप्तिमा जनाएको छ ।

टिप्पणीहरू