समाचार

​शीतल निवासमा पनि स्वाट्टै

मितव्ययिताको नाममा ठुल्ठूला अड्डाबाट भारी मात्रामा कर्मचारी कटौती हुन थालेका छन् । प्रधानमन्त्री कार्यालयमा जम्मा ९१ जना सहयोगीको दरबन्दी थियो, त्यसलाई घटाएर ४१ जनामा सीमित पारिएको छ भने राष्ट्रपति कार्यालयमा कार्यरत सचिव दर्जाका ५ जनाको दरबन्दीसमेत एउटामा झारिएको छ । विशिष्ट श्रेणी सरहको सुविधामा रहेका डा. संगीता रायमाझी, जिवछ साह, विमला पौडेलको दरबन्दी हटेको हो । विमला पौडेलको बन्दोबस्तचाहिँ राष्ट्रियसभामा लगेर मिलाइएको छ । अन्य दुईको कुनै टुंगो छैन । राष्ट्रपतिको स्वकीय स…