​बादलले नेहेरे बीचैमा बिजोग

मन्त्रीले मात्र राम्रो गर्छु भनेर कहाँ हुँदोरहेछ र ? अनियमितता छानवीन गर्नु भनेर मन्त्रीले अह्राउने, सचिवको टेबुलबाट रिपोर्ट गायब हुने ।
नेपालबाट हजका लागि साउदी अरब जाने १२ सय ५० जना मुस्लिम धर्मावलम्बीको आतेजाते खर्च पुग्छ १० करोड ९० लाख । त्यही रकममा घोटाला भएको बताइन्छ । मन्त्री रामबहादुर थापाले छानवीन गर्नु भनेबमोजिम लेखा शाखाले त्रुटीपूर्ण तीन बुँदा उल्लेख गरेर गृहसचिवकहाँ पेश गरिसक्यो । तर, लेखाले पेश गरेको रिपोर्ट कहाँ छ, पत्तो छैन । बरु, रामनवमीको बिदा परेको दिन (आइतबार) फेरि उपसमितिको बैठक राखेर पुरानै त्रुटीपूर्ण निर्णय दोहो¥याइएको छ । 

नेपाली हजयात्रीलाई साउदी पठाउन गत वर्ष पनि टेण्डर आह्वान भएको थियो । पोहोर दुई एयरलाइन्सले टेण्डर हाले, एयर अरेबिया र फ्लाई दुबईले । फ्लाई दुबईले कम दरको कोटेशन दिएको थियो । तर, त्यसलाई टिकेटिङको जिम्मा दिइएन । यसविरुद्ध सर्वोच्चमा मुद्धा प¥यो । सर्वोच्चले काम कारवाही रोक्न अन्तरिम आदेश जारी ग¥यो । पछि गृहमन्त्री विमलेन्द्र निधीले गोपाल पराजुलीबाट अन्तरिम आदेश खारेज गर्न लगाए । 

अहिले पनि गोरखापत्रमा छापेर टेण्डर आह्वान भयो । तर, आवेदनचाहिँ एयर अरेबियाको मात्र दर्ता भयो । त्यसको एजेन्टका रुपमा अगाडि आयो हिना ट्राभल । बुझिन्छ के भने, यसपालि फेरि पनि एयर अरेबियासँग गृहले साँठगाँठ गरेको छ । यससम्बन्धी सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी प¥यो । चाल पाएर पूर्वनिर्धारित दरमा प्रति व्यक्ति पाँच सयका दरले रकम घटाइयो । तर, सार्वजनिक खरिद ऐनले त्यसरी रकम घटाउनुलाई मिलेमतोको रुपमा व्याख्या गर्छ । यस्तो टेण्डरको केन्द्रीय हज समितिका ६ मध्ये तीनले विरोध गरेका छन् । तर, समीम अन्सारीको आर्थिक र मानसिक दबाबमा अरु सदस्यहरु परेको बताइन्छ ।

टिप्पणीहरू