मन्त्रीको पुत्लामा आगो झोस्दै हिँडेकाहरु प्रहरी देखेपछि कुलेलम

मन्त्रीको पुत्लामा आगो झोस्दै हिँडेकाहरु प्रहरी देखेपछि कुलेलम File Photo
सुन्नुहोस्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै आन्दोलन गरिरहेको कमल थापा नेतृत्वको राप्रपा नेपालले आज ललितपुरमा मसाल जुलुस निकालेको छ । 

साँझ करिब १० जनाको संख्यामा भेला भएका राप्रपा कार्यकर्ताहरुले ललितपुरको लगनखेल नजिकै प्रयाग पोखरीमा मसाल बालेर विरोध प्रदर्शन गरेका हुन् । केन्द्रीय महामन्त्री भास्कर भद्राको नेतृत्वमा निस्किएको जुलुसका सहभागीहरुले मन्त्री किरातीको पुत्लामा आगो लगाउँदै चर्को नाराबाजी पनि गरेका थिए । 

प्रहरीले तत्काल पुत्लामा लागेको आगो निभाएर मसाल खोसेपछि प्रदर्शनकारी सबै भागाभाग गरेको बताइन्छ ।

टिप्पणीहरू