पहिले न्यायाधीश सिफारिस अस्वीकार,बल्ल सहमत मुख्य रजिष्ट्रार

पहिले न्यायाधीश सिफारिस अस्वीकार,बल्ल सहमत मुख्य रजिष्ट्रार

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल भट्टराईलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ । आज न्याय परिषदको बैठकले सर्वोच्चका कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखराको न्यायाधीशमा सिफारिस गरेको हो ।

यसअघि पनि कुँवर उच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएको थियो । दीपककुमार कार्की कामु प्रधानन्यायाधीश हुँदा बेला भएको उक्त सिफारिसलाई कुँवरले अस्वीकार गर्नुभएको थियो । 

सर्वोच्चका मुख्य रजिस्ट्रारहरुलाई उच्च अदालतको मुख्य न्यायाधीश सिफारिस गर्ने यसअघिको प्रचलनविरुद्ध भएकाले कुँवरले त्यतिबेला सिफारिस अस्वीकार गर्नुभएको हो ।

परिषद्ले उच्च अदालत तुलसीपुर,बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारुलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा सरुवा गरेको छ ।

टिप्पणीहरू