मुगुमा सुविधा सम्पन्न प्रहरी कार्यालय

मुगुमा सुविधा सम्पन्न प्रहरी कार्यालय
सुन्नुहोस्

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मुगु परिसरमा नवनिर्मित भवनहरुको उद्घाटन गरेका छन् । कार्यालय भवन, ब्यारेक, कार्यालय प्रमुख तथा सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्साघर भवनहरूको उद्घाटनपछि निरीक्षण गरिएको बताइएको छ ।

नेपाल सरकारको नियमित बजेटबाट दुई करोड ५८ लाख २० हजार ४४६ रूपैयाँ १९ पैसा लागतमा कार्यालय भवन र सात करोड ५६ लाख ६३ हजार २२६ रूपैयाँ तीन पैसा लागतमा ब्यारेक, कार्यालय प्रमुख तथा सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्साघर भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

टिप्पणीहरू