समाचार

बंगलादेशमा सत्तारुढ दल विजयी, शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्रीको तयारी

बंगलादेशमा हिजो भएको मतदानमा प्रधानमन्त्री शेख हसिनाको दल अवामी लिग विजयी भएको छ । बहुमतपछि हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । हसिना सन् २००९ देखि सत्तामा छिन् ।  २ सय ९९ सिटको लागि भएको निर्वाचनमा अवामी लिग र उसको सहयोगी दल र उम्मेदवारले २ सय ५२ सिट जितेको छ । विपक्षी दल बंगलादेशी नेसनलिष्ट पार्टीले बहिष्कार गरेको निर्वाचनमा ४० प्रतशित मात्रै मत खसेको जनाइएको छ ।

Page 213 of 1057