सिन्धुलीमा सवारी दुर्घटना, १८ वर्षीया युवती र पुरुषको मृत्यु

सिन्धुलीमा सवारी दुर्घटना, १८ वर्षीया युवती र पुरुषको मृत्यु
सुन्नुहोस्

सिन्धुलीको सुनकोसी गाँउपालिका–३ बोहोरेटारमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बीपी राजमार्गमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र बा. ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको हो ।

मृत्यु भएकामा दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई र परिचय नखुलेका एक जना पुरुष हुन् ।

टिप्पणीहरू