मलाई प्रधानमन्त्री बनाएको अहिलेका प्रतिपक्षीहरुले हो, प्रितमले होइन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रमुख प्रतिपक्षीमा भएका दलहरूले नै राष्ट्रपतिलाई पत्र लेखेर आफूलाई प्रधानमन्त्री बनाएको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई लिएर एमालेले संसद् बैठकमा उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रपतिलाई लेखेको पत्रको अवहेलना हुनेगरी आफूमाथि प्रश्न उठाइएको भन्दै प्रधानमन्त्री प्रचण्डले दुःखसमेत व्यक्त गर्नुभयो ।
‘मलाई प्रधानमन्त्री कसले बनायो, नेपालमा कसले बनाउँछ भनेर प्रश्…