एमालेले कुरो बङ्ग्यायो : प्रधानमन्त्री

एमालेले कुरो बङ्ग्यायो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा प्रस्तुत मीटरब्याजीमाथि कार्वाही गर्ने ऐन रोक्न प्रतिपक्षी एमालेले संसद अवरोध गर्न खोजेको बताउनुभएको छ ।

मीटरब्याजविरुद्ध ऐन संशोधन प्रतिनिधिसभाबाट पारित गर्न नदिने उद्देश्यले एमालेले आफूमाथि अनेक आरोप लगाएर कुरा बटारेको उहाँले दाबी गर्नुभयो । एमालेको नाम नलिई प्रधानमन्त्रीले भन्नुभयो, ‘कतिपय दललाई मीटरब्याजीलाई कारबाही गर्न खोजेको मन परेको छैन । भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा मन परेको छैन । यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ ।’

अस्ति एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैचोटी दिल्ली गएको बताउनुभएको थियो । सिंहको जीवनीमा आधारित पुस्तकमाथि टिप्पणी गर्ने क्रममा प्रधानमन्त्रीले त्यसो भन्नुभएको थियो । तर, एमालेले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोध गरेको छ भने संसद अवरुद्ध गर्नेसम्मको तयारीमा छ । 

प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिको विरोध गर्ने नाममा ऐन पारित गर्न नदिने मनसायमा एमाले देखिएको बताउनुभयो । माओवादी केन्द्रसम्बद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘मैले एउटा पुस्तक विमोचनमा सन्दर्भवशः भनेको कुरालाई बङ्ग्याएर संसद अवरुद्ध गर्ने कोशिस हुँदैछ । खासमा यसको अर्थ अर्कै छ ।’

टिप्पणीहरू