प्रधानमन्त्री वायुसेवा निगमको वाइडबडीमा फर्कंदै

प्रधानमन्त्री वायुसेवा निगमको वाइडबडीमा फर्कंदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चार दिने भ्रमण पूरा गरेर आज साँझ स्वदेश फर्कंदै हुनुहुन्छ । जम्बो टोली लिएर बुधबार दिउँसो भारत जानुभएका प्रधानमन्त्री प्रचण्ड आज अपरान्ह नयाँ दिल्लीबाट ४ बजेर २० मीनेटमा काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रधानमन्त्री वायुसेवाको नियमित उडान नम्बर आरए २१८ आउन लाग्नुभएको हो । उक्त उडानको निम्ति दिउँसो साढे १ बजे काठमाडौंबाट नयाँ दिल्लीतर्फ निगमको वाइडबडी विमान जाँदैछ ।

उक्त विमान नयाँ दिल्लीबाट ४ः२० मा उडेर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ६ः२० मा अवतरण गर्नेछ । बुधबार दिउँसो पनि निगमको वाइड बडी विमान नयाँ दिल्ली गएको थियो । प्रधानमन्त्री र उहाँको भ्रमण टोली सोही उडानमा गएको हो ।

टिप्पणीहरू