प्रधानमन्त्री नयाँ दिल्लीबाट काठमाडौं प्रस्थान

प्रधानमन्त्री नयाँ दिल्लीबाट काठमाडौं प्रस्थान

चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्लीबाट काठमाडौं प्रस्थान गर्नुभएको छ । उहाँलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको छ । 

प्रधानमन्त्रीको बिदाइका लागि विमानस्थलमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, विदेश मन्त्रालयका अधिकारीहरु, भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मालगायत अधिकारीहरु रहेको बताइएको छ ।

उहाँ भारतको चार दिने भ्रमणमा गत बुधबार नयाँ दिल्ली जानुभएको थियो । आज दिउँसो मध्य प्रदेशको इन्दौरबाट सोझै नयाँ दिल्ली विमानस्थल आइपुग्नुभएको हो ।

स्वदेश फर्किएपछि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा साँझ ६ बजे पत्रकार सम्मेलन कार्यक्रम राखिएको बताइएको छ ।

टिप्पणीहरू