प्रधानमन्त्रीलाई मुख्यमन्त्रीहरूको १७ बुँदे साझापत्र

प्रधानमन्त्रीलाई मुख्यमन्त्रीहरूको १७ बुँदे साझापत्र

मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १७ बुँदे माग राख्दै साझापत्र बुझाएका छन् ।

आज पोखरामा सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको साझापत्र प्रधानमन्त्रीलाई बुझाइएको हो । पत्रमा तत्काल प्रहरी समायोजन हुनुपर्ने, संघीय निजामती ऐनलगायत कानुन ल्याउनुपर्ने, प्रदेश सरकारको कार्यालय रहेका भवन र भवन परिसरको जग्गाको स्वामित्व प्रदेश सरकारको स्वामित्वमा आउनुपर्ने माग पनि उल्लेख छ ।

पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यसबारे संघीय सरकार गम्भीर रहेको र छलफल गरी टुंगोमा पुर्याउने प्रतिबद्धता जनाउनुभएको छ ।

टिप्पणीहरू