प्रधानमन्त्री केबलकार उद्घाटनका लागि होलिकोप्टरमा जाँदै

प्रधानमन्त्री केबलकार उद्घाटनका लागि होलिकोप्टरमा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुटवल जान लाग्नुभएको छ । उहाँ नेपाली सेनाको ९ एन आरएएम अगुस्ता हेलिकोप्टरमा बालुवाटारबाट बुटवल जाने तयारीमा रहनुभएको बताइएको छ ।

आज बुटवलमा लुम्बिनी केबलकारको उद्घाटन कार्यक्रम राखिएको छ । बुटवलको गोलपार्कबाट पाल्पाको तिनाउ गाउँपालिका, बसन्तपुरस्थित कामाख्या देवीको मन्दिरसम्म केबलकार निर्माण गरिएको छ ।

यो केबलकारमा पनि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा व्यवसायी चन्द्र ढकाल र उनको व्यापारिक समूहको मुख्य लगानी छ । यसअघि गत महिना प्रधानमन्त्री दाहालले नवलपुरको गैंडाकोटदेखि मौलाकालिकासम्म सोही समूहले निर्माण गरेको मौलाकालिका केबलकारको पनि उद्घाटन गर्नुभएको थियो ।

टिप्पणीहरू