योगा उद्घाटन गर्न प्रधानमन्त्री खप्तड पुग्नुभयो

योगा उद्घाटन गर्न प्रधानमन्त्री खप्तड पुग्नुभयो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिम प्रदेशको धार्मिक तथा पर्यटकीयस्थल खप्तडमा आयोजित प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यामिक योगा सम्मेलनको उद्घाटन गर्न त्यहाँ पुग्नुभएको छ ।

उहाँ बिहान हेलिकोप्टरमा त्यता जानुभएको हो । कार्यक्रममा पतञ्जलीका योगगुरु रामदेव, आचार्य बालकृष्ण, यौन शोषणको आरोप लागेका कृष्णदास महाराजलगायतको सहभागिता छ ।

सम्मेलनमा सहभागी हुन पूर्वप्रधानमन्त्रीहरु, प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई आमन्त्रण गरिएको बताइएको छ । योगा कार्यक्रम पर्सिसम्म सञ्चालन हुने छ ।

खप्तड डोटी, अछाम, बझाङ र बाजुरा जिल्लामा फैलिएको छ । उक्त स्थानमा दशकौंअघि खप्तड बाबाले ध्यान र तपस्या गरेका थिए ।

टिप्पणीहरू