प्रधानमन्त्री

प्रधानमन्त्री एक्लैलाई आधा दर्जन मन्त्रालयको कार्यभार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आजदेखि अरु दुई वटा मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ । यसअघि गृह मन्त्रालयकोसमेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्रीलाई आजदेखि शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि थपिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना मन्त्री र एक जना राज्यमन्त्रीले हिजो साँझ राजीनामा बुझाएपछि ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई सम्हाल्न राष्ट्रपति विद्यादेवी भण्डारीले तोक्नुभएको हो । ११ दिनअघि सोही पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री…