संसदमा प्रधानमन्त्रीको प्रष्टोक्ति : प्रधानमन्त्रीका रुपमा होइन ज्ञानुको बुबा भएर बोलेँ

संसदमा प्रधानमन्त्रीको प्रष्टोक्ति : प्रधानमन्त्रीका रुपमा होइन ज्ञानुको बुबा भएर बोलेँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे संसदमा जवाफ दिनुभएको छ । 

आज अपरान्ह बसेको प्रतिनिधिसभा बैठकमा उहाँले स्पष्टिकरणसहितको जवाफ दिनुभएको हो । सरदार प्रितम सिंहको पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्ति केही भावनात्मक भएको बताउँदै उहाँले उक्त कार्यक्रममा प्रधानमन्त्रीको हैसियतमा नभएर आफ्नो दिवंगत छोरी ज्ञानु दाहालको बुबा भएर बोलेको जानकारी दिनुभयो । 

सरदार सिंहले २०६८–६९ सालतिर आफ्नी छोरी ज्ञानुको उपचार भारतमा गर्ने बेलामा सहयोग गरेको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मेरो छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो । म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड । त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु (छोरी) को बुबा भएर बोलेँ । म अलिकति भावनात्क छु । म थोरै भावनामा आएँ ।’

टिप्पणीहरू