कोशीका मुख्यमन्त्रीको सर्वोच्च जाने चेतावनी

कोशीका मुख्यमन्त्रीको सर्वोच्च जाने चेतावनी

कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान हुने भएको छ । मुख्मन्त्री केदार कार्कीले ३० दिनभित्र विश्वासको मत नलिएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वानको तयारी गरेको बताइएको छ ।

गत चैत २६ गते नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेका छन् । तर संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त कार्कीले अल्पमतमा पर्दैमा आफूले राजीनामा नदिने अडान राख्दै आएको र पुनः विश्वासको मत लिनुपर्ने समय अवधी गएराति १२ बजेदेखि समाप्त भइसकेको छ । 

उता एमाले र माओवादी नेताहरुले भने संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि मुख्यमन्त्री स्वतः पदमुक्त हुने दाबी गरिरहेका छन् । उनीहरुले हालका मुख्यमन्त्री कार्कीलाई कायममुकायमको जिम्मेवारी दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख खापुङसँग छलफल गरिरहेकोे बताइन्छ । 

मुख्यमन्त्री कार्कीले भने राजीनामा नदिने र नयाँ सरकार गठनको आह्वान गरे आफू सर्वोच्च जाने चेतावनी दिएका छन् ।

टिप्पणीहरू