प्रधानमन्त्रीले भन्नुभयो : सरकार ढल्दैन

प्रधानमन्त्रीले भन्नुभयो : सरकार ढल्दैन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन पाँच वर्ष टिक्ने बताउनुभएको छ । धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा उहाँले गठबन्धनमा कुनै समस्या नरहेको पनि प्रस्ट्याउनु भएको छ । 

‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।’

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतमा आफूले राम्रो गरेको भएपनि नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको गुनासो छ । आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै उहाँले जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

टिप्पणीहरू